भदौको पहिलो सातामै विश्वासको मत लिने मुख्यमन्त्री केसीको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भदौको पहिलो सातामै विश्वासको मत लिने मुख्यमन्त्री केसीको तयारी

बिमल क्षेत्री,

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो सातामै विश्वासको मत लिएर अगाडि बढ्ने तयारी गरेका छन् ।

एमाले बाहेकका दलहरुको गठबन्धन नेतृत्व गर्दै माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्व गरेका केसीले गण्डकी र संघीय सरकारको सिको गर्दै आफू बलियो बन्न विश्वासको मत लिने तयारी गरेका हुन् ।

लुम्बिनि प्रदेश सरकारले आज संसद आहवान गरेको र बिश्वासको मत लिने नलिने विषयमा अहिले सम्म कुनै निणर्य गरेको छैन । तर संसदमा विश्वासको मत लिन सबै अधिकार मुख्य मन्त्रीलाई दिएको भौतिक पूर्वाधार तथा विकास मन्त्री सहसराम यादवले बताए ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको हिउंदे अधिवेशन आज १ बजे गते बस्नेगरी आह्वान गरि सकेका छन् । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको जानकारी दिए ।

संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले एक महिना भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । यही अधिवेसनको केही दिनमै विश्वासको मत लिइने प्रदेश सरकारले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);