लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं,२२ चैत्र । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैछन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज बस्ने आ–आफ्नो प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

केन्द्रमा सत्तासमीकरण फेरिएपछि मुख्यमन्त्रीहरु विश्वासको मत लिन बाध्य भएका हुन । केन्द्रमा सत्तासमीकरण फेरिएसँगै फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको लिनु पर्ने भएको हो । लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुख बाहेक १०, राप्रपा र नागरिक उन्मुक्तिका चार/चार सदस्य छन् । भ्रष्टाचारको मुद्दा दायर भएपछि राप्रपाका प्रदेश सभा सदस्य निलम्बित छन् ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका तीन÷तीन प्रदेशसभा सदस्य छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक प्रदेशसभा सदस्य छन् । साथै, एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पनि केन्द्रमा फेरिएको समीकरणसँगै माओवादीले गएको फागुन २३ मा मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएकोकारण संविधानानुसार एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो ।

सुदूरपश्चिम प्रदेशसभामा रहेका कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका सात, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको समर्थन जुटाएर विश्वासको मत पु¥याउने मुख्यमन्त्रीको रणनीति छ । बहुमतका निम्ति २७ सदस्यको समर्थन आवश्यक हुन्छ ।
तर नागरिक उन्मुक्ति पार्टीको विवादले मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);