समानुपातिक सांसद चयन गर्न जसपाले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

समानुपातिक सांसद चयन गर्न जसपाले बोलायो बैठक

काठमाडौं,२२ चैत्र । समानुपातिक सांसद चयनका लागि आज जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक आज बिहान ८ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएसँगै रिक्त स्थान पूर्तिका लागि जसपाले समानुपातिक सांसद चयन गर्न लागेको हो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित हुनुभएको थियो । उहाँको पनि चैत ४ गते निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);