उपनिर्वाचनका उम्मेदवार तय गर्न काँग्रेसको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

काठमाडौं,२२ चैत्र । नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकले उपनिर्वाचनका उम्मेदवार तय गर्ने बताइएको छ । यसअघि पनि मंगलवार र बुधवार बैठक बसेको थियो ।

तर उम्मेदवार चयन गर्न भने सकेको छैन । उपनिर्वाचनका लागि प्रतिनिधि सभामा इलाम क्षेत्र नम्बर ३ र प्रदेश सभामा बझाङ १ मा उम्मेदवार तय गर्नुपर्नेछ ।

उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ ।

Leave a Reply