निर्वाचन जित्नसक्ने उम्मेद्वारको छनौट गर्नुपर्नेमा नेकपाको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

निर्वाचन जित्नसक्ने उम्मेद्वारको छनौट गर्नुपर्नेमा नेकपाको जोड

नेकपा सचिवालय बैठक

तेजना पण्डित
काठमाडौं, १६ कात्तिक । आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न प्रमुख राजनीतिक दलहरु आन्तरिक छलफलमा लागेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको शनिवार बसेको सचिवालय बैठकमा पनि उम्मेदवार छनौटका बिषयमा छलफल गरेको छ । तर उम्मेदवारको नाम टुंगो लगाउन नसकेपछि आइतवार बस्ने बैठकले उम्मेदवार घोषणा गर्ने जनाएको छ । उम्मेदवार चयन गर्दा पार्टीमा योगदान गरेको, जनतामा लोकप्रीय र जित्नसक्ने खालका व्यक्तीको छनौट गर्नुपर्नेमा नेकपाका नेताहरुको जोड रहेको छ ।

उपनिर्वाचनको मिति नजिकिदै गर्दा प्रमुख राजनीतिक दलहरुलाइ उम्मेदवारको नामको टुंगो लगाउन सकस परेको छ । उपनिर्वाचनका लागी उम्मेदवारको टुंगो लगाउन शनिवार बसेको नेकपा सचिवालय बैठकले कुनै ठोस निर्णय गर्न सकेन ।

उम्मेदवारका आकांक्षी धेरै भएपछि नेकपालाई उम्मेदवार छनौटमा सकस परेको हो । उपनिर्वाचनका लागी राष्ट्रिय जनमोर्चासँग चुनावी गठबन्धन गर्ने योजना बनाएको नेकपाले प्रदेश सभाका लागी बाग्लुङमा जनमोर्चालाई छोड्ने र अन्य क्षेत्रमा आफ्नो उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ ।

यस अघि बसेको नेकपाको सचिवालय बैठकले उपनिर्वाचन हुने क्षेत्रबाट बढीमा ३ जनासम्म उम्मेदवारको नाम पठाउन निर्देशन दिएको थियो । उपनिर्वाचनका लागी आकांक्षीको संख्या बढि हँुदा कुनै पनि क्षेत्रले १ जनामात्र नामको सिफारिस गरी पठाउन सकेन ।

सचिवालयको निर्देशन अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र कास्की र प्रदेशसभा निर्वाचन क्षेत्र दाङले तिन जनाको नामको सिफारीस पठाएपनि प्रदेश सभाको निर्वाचन हुने क्षेत्र भक्तपुरले भने ४ जनाको नामको सिफारीस पठाएको नेकपाका नेताहरुले बताएका छन् ।

उम्मेदवारका आकांक्षी धेरै भएका कारण शनिवार बसेको सचिवालय बैठकले उम्मेदवार छनौटमा प्रयाप्त समय नभएका कारण आइतवार सचिवालय बैठक बसि नामको टुङ्गो लगाउने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको उपनिर्वाचनका लागि कार्तिक २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । नेकपाका युवा नेताहरुले उपनिर्वाचनका लागी उम्मेदवार छनौट गर्दा युवालाई बढि प्राथमीकता दिनुपर्ने बताएका छन् ।

२०७४ सालमा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादीबीच एकीकरण हुनुपूर्व अहिले रिक्त रहेका कास्की, दाङ र भक्तपुर निर्वाचन क्षेत्र पूर्व एमालेले जितेको थियो ।

आफुले जितेको निर्वाचन क्षेत्रमा नेकपाले अहिले कुनै पनि हालतमा गुमाउन चाहँदैन । सरकारले जनचाहना अनुसार काम गर्न नसकेको भनेर जनता निराश भैरहेको बर्तमान अवस्थामा सक्तारुढ दललाई आफ्नो साख जोगाउन पनि उम्मेद्धारको नामको टुङ्गो लगाउँदै गर्दा सर्वसम्मतीको आधारमा बिजयी हासील गर्नसक्ने उम्मेदवार छनौट गनुपर्ने नेकपाका नेताहरुको सुझाब रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);