उम्मेदवार छनौट र सिट बाँडफाँट गर्न वाम गठबन्धन कार्यदलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

काठमाडौं, १ कार्तिक । आज उम्मेदवार छनौट र सिट बाँडफाँटको टुंगो लगाउन बाम गठबन्धन कार्यदलको बैठक बस्ने भएको छ। ललितपुरको एक घरमा बस्ने बैठकले आगामी चुनावका लागि उम्मेदवार छनौट र गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी भएको एमालेका सचिव प्रदिप ज्ञवालीले बताएका छन्।

यसअघि हिजो बसेको एमाले स्थायी कमिटि बैठकले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल तथा एकीकृत पार्टी निर्माणका लागि संयुक्त कार्यक्रम गर्ने, तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने तथा निर्वाचन क्षेत्र बाँडफाँड र घोषणापत्र निर्माणको कामलाई एकदुई दिनभित्रै टुंग्याउने निर्णय गरिसकेको छ।

यसैगरी प्रदेश र प्रतिनिधिसभा चुनावका लागि एमालेका उम्मेद्वारको चयन प्रक्रिया सुरु भएको पनि एमालले जनाएको छ।