कांग्रेसले टुंग्यायो सात जिल्लाका उम्मेदवार, को-को परे ? (सूची सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

काठमाडौँ, १ कार्तिक । कांग्रेसले १० मंसिरमा पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सात जिल्लाका उम्मेदवार टुंग्याएको छ।

कांग्रेस संसदीय समितिको मंगलबार बसेको बैठकले एक मात्र निर्वाचन क्षेत्र रहेका ताप्लेजुङ, पाँचथर, सोलुखुम्बु, खोटाङ, मनाङ, हुम्ला र जाजरकोटका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याएको हो । पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १ का चार र प्रदेश नम्बर ६ का तीन जिल्लाका उम्मेदवार टुंगो लागेका हुन्।

ताप्लेजुङमा प्रतिनिधिसभातर्फ केशव दाहाल, प्रदेश सभा ‘क’ मा लीलादेवी बोखिम र ‘ख’ मा दीपेन्द्रकुमार सेन्दाङ, पाँचथरमा प्रतिनिधिसभाका लागि भीष्मराज आङदेम्बे, प्रदेश सभा ‘क’ मा नरेन्द्रकुमार केरुङ र ‘ख’ मा सुरेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ । आङदेम्बे गत संविधानसभामा पाँचथर २ बाट विजयी भएका थिए।

सोलखुम्बुमा प्रतिनिधिसभातर्फ केन्द्रीय सदस्य बलबहादुर केसी, प्रदेश सभामा ‘क’ मा प्रकाशसिंह कार्की र ‘ख’ मा आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको छ । गत संविधानसभा निर्वाचनमा केसी सोलुखुम्बाट निर्वाचित भएका थिए। खोटाङमा प्रतिनिधिसभातर्फ सरस्वती बजिमय, प्रदेश सभा ‘क’मा सुभाषकुमार पोखरेल र ‘ख’ मा विष्णुकुमार राईको नाम टुंगो लागेको छ।

मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ, प्रदेश सभा ‘क’ मा चिन्ताबहादुर घले र ‘ख’ मा कर्मा गुरुङको उम्मेदवारी टुंगो लागेको छ । गुरुङ गत संविधानसभा निर्वाचनमा पनि मनाङबाटै विजयी भएका थिए। कांग्रेसले जाजरकोटमा प्रतिनिधिसभाका लागि राजीवविक्रम शाह, प्रदेश सभा ‘क’ मा वेदराज सिंह र ‘ख’ मा दीपकजंग शाहलाई उम्मेदवार बनाएको छ।

केन्द्रीय सदस्य शाही प्रदेश सभामा
कांग्रेसले केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई प्रदेश सभामा उम्मेदवार बनाएको छ । उनी दोस्रो संविधानसभा निर्वाचनमा हुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । हुम्लाको प्रदेश सभा ‘क’ मा थानबहादुर रोकाया र ‘ख’ मा शाहीलाई उम्मेदवार बनाएको छ ।

बाँकी जिल्ला आज टुंगिँदै
संसदीय समितिले पहिलो चरणमा निर्वाचन हुने हिमालीसहितका बाँकी जिल्लाका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार बुधबार नै टुंग्याउने भएको छ । ‘५ कात्तिकमा मनोनयन हुने भएपछि अब बाँकी जिल्लाका उम्मेदवार हामी बुधबार नै टुंगो लगाउँछौँ,’ समिति सदस्य डा. प्रकाशशरण महतले भने। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);