मनोनयन हुन ४ दिन बाँकी, पार्टी गुटको दबाबमा उम्मेद्वार छनौट कठिन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १ कार्तिक । आगामी मंसिर १० गते पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय अब ४ दिन मात्रै बाँकी छ।  तर प्रमुख दलहरुले अहिलेसम्म उम्मेदवार उम्मेद्वार टुंग्याउन सकेका छैनन्।

चुनावकै मुखमा दिनप्रतिदिन विकसित राजनीतिक घटनाक्रमले उम्मेद्वार मनोनयन प्रक्रिया प्रभावित हुने आंशका समेत बढेको छ। अर्कोतिर पार्टीहरुबीच चुनावी गठबन्धनको कसरत भइरहँदा क्षेत्र बाँडफाँडसँगै उम्मेद्वार छनौटमा ढिलाई भएका हो। चुनावको मुखैमा एमाले र माओवादी मिलेर बामगठबन्धन बनाएका छन् भने काँग्रेसले आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने गृहकार्य गरिरहेको छ।

दलहरुमा टिकटका आकांक्षी धेरै भएपछि समस्या उम्मेदवार टुंग्याउन कठिन भएको छ। त्यसबाहेक पार्टीभित्रका गुट उप गुटको व्यवस्थापन पनि उम्मेद्वार छनौटमा समस्या बनेको देखिएको छ। पहिलो चरणमा देशका ३२ जिल्लामा केन्द्र र प्रदेशको चुनाव हुँदैछ। यसका लागि कार्तिक ५ गते मनोनयनको मिति तय गरिएको छ। तर, अहिलेसम्म काँग्रेसले केही जिल्लामा बाहेक अरु ठूला दलले आफ्ना उम्मेद्वार टुंगो लगाएका छैनन्।

पहिलो चरणमा प्रदेश नम्वर १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्वर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्वर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्वर ५ का रुकूम पूर्वीभाग र रोल्पा, प्रदेश नम्वर ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्वर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा चुनाव हुँदैछ।

 

कांग्रेसले छान्यो सात जिल्लामा उम्मेदवार

सत्तारुढ दल नेपाली कांग्रेसले ७ जिल्लामा उम्मेद्वार टुंगाएको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय समितिको बैठकले ताप्लेजुङ, पाँचथर, सोलुखुम्बु, खोटाङ, मनाङ, हुम्ला र जाजरकोट प्रतिनिधिसभा र प्रदेश सभा तर्फ उम्मेद्वार टुंगाएको हो।

जसअनुसार प्रतिनिधिसभातर्फ क्रमश केशवप्रसाद दाहाल, भिष्मराज आङदम्बे, बलबहादुर केसी, सरस्वती बजियम, टेकबहादुर गुरुङ, मंगल शाह र राजिवक्रिम शाह रहेका छन्।

यस्ता छन् कांग्रेसले छानेका उम्मेदवारहरु :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);