भोलि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ४ कार्तिक । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा भोलि कार्तिक ५ गते उम्मेदवारी दर्ता हुने भएको छ। हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा आगामी मंसिर १० गते निर्वाचन हुँदैछ । त्यसका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन तोकिएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्न एक दिनमात्रै बाँकी छँदा पनि केही दलले अझै उम्मेद्वार टुंगो लगाइसकेका छैनन् । मूख्य तीन दलमध्ये वाम गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना उम्मेदवार टुंगो लगाइसकेका छन् भने नेपाली कांग्रेसले अझै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

कांग्रेसले टाढा टाढा जिल्लाका उम्मेदवार टुंग्याए पनि राजधानीनजिकका जिल्लाहरुमा अझै टुंग्याउन सकेको छैन । आज दिउँसो २ बजेसम्ममा सबै उम्मेदवारको नाम तय गरिने संसदीय समितिका एक सदस्यले बताएका छन्।

संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाका लागि मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन गरिनेछ । त्यस्तै सात प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि पनि सोही दिन निर्वाचन हुनेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);