प्रतिनिधिसभाका सभामुखको निर्वाचन अन्र्तगत आज उम्मेदवारी दर्ता गराईंदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

प्रतिनिधिसभाका सभामुखको निर्वाचन अन्र्तगत आज उम्मेदवारी दर्ता गराईंदै

प्रतिनिधिसभाका सभामुख चयनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गराईंदै छ ।

pratinidi sava

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाका सभामुख चयनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गराईंदै छ ।

संघीय संसद् भवनमा बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर अहिलेसम्म उम्मेदवारको नाम तय भएको छैन । वाम गठबन्धनले माओवादी केन्द्रका कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने तयारी गरेको छ । यद्यपि, उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

उम्मेदवारको टुंगो लगाउन माओवादी केन्द्रको बैठक बसिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी दिने\नदिने विषयमा निर्णय गरेको छैन । बाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेका कारण कांग्रेसले उम्मेदवारी दिने\नदिने विषयमा निर्णय नगरेको हो । सभामुखको निर्वाचन भोलि हुँदै छ ।

अघिल्लो समाचार

ताजा समाचार