बाग्मतीमा सभामुख र उपसभामुखको मनोनयन दर्ता जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाग्मतीमा सभामुख र उपसभामुखको मनोनयन दर्ता जारी

काठमाडौं । बाग्मती प्रदेशको सभामुख र उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयमा आज बिहान साढे १० बजेदेखि दिउँसो २ बजे सम्मका लागि मनोनयन दर्ता समय तोकिएको छ ।

त्यस्तै, मनोनयन फिर्ताका लागि साढे २ बजेदेखि साढे ३ बजेसम्मको समय छट्टुाइएको छ । ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने प्रदेस सचिवालयको कार्यसुूची रहेको छ ।
प्रदेश सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् । सत्तारुढ दलबीचको सहमतिमा सभामुख राप्रपाको भागमा परेको थियो । राप्रपाले बुधबारमात्र उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेसले पनि बाग्मती प्रदेश सभाको सभामुखका लागि उम्मेदवारी दिने भएको छ । कांग्रेसबाट सभामुखका लागि धादिङका शिवराज अधिकारी उम्मेदवार बन्ने भएका छन् ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन तथा हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० प्रदेशसभा सदस्य रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);