बागमतीको सभामुखमा कांग्रेसले अधिकारीलाई भिडाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बागमतीको सभामुखमा कांग्रेसले अधिकारीलाई भिडाउने

काठमाडौं । नेपाली कांग्रेसले पनि बाग्मती प्रदेश सभाको सभामुखका लागि उम्मेदवारी दिने भएको छ । कांग्रेसबाट सभामुखका लागि धादिङका शिवराज अधिकारी उम्मेदवार बन्ने भएका छन् ।

अधिकारी धादिङ क्षेत्र न.२ (१)बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् । सत्तारुढ दलले भने राप्रपाका भुवन पाठक उम्मेदवार बनाएको छन् । केन्द्रीय सत्ता समिकरणअनुसार बागमती प्रदेशको सभामुुख पद राप्रपालाई दिने सहमति भएको छ । सत्ता गठबन्धनमा ७० सांसद छन् । सो प्रदेशमा नेपाली कांग्रेसको ३७ र नेमकिपाका ३ सांसद निर्वाचित भएका छन् ।

प्रदेश सचिवालयले बिहान साढे १० बजेदेखि २ बजेसम्मका लागि सभामुखको मनोनयनको समय निर्धारण गरेको छ । मनोनयन दर्ता सकिएसँगै दिउँसो ३ बजे देखि मनोननयन फिर्ताको समय निर्धारण गरेको छ । आज ४ बजेनै उम्मेदवारी नामावली प्रकाशन गर्ने बताइएको छ । सभामुखको निर्वाचन शुक्रबार बिहान ११ बजेका लागि तोकिएको छ । प्रदेस सभा हलमा निर्वाचन हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);