आज कर्णाली प्रदेशमा सभामुखको निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

आज कर्णाली प्रदेशमा सभामुखको निर्वाचन हुँदै

काठमाडौं । कर्णाली प्रदेशमा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनको लागि बिहान ११ बजे समय तोकिएको छ ।

सभामुखका लागि नेकपा एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका सांसद खड्ग पोखरेलको उम्मेदवारी परेको छ । सत्तागठबन्धनको भागवण्डामा मुख्यमन्त्री र उपसभामुख नेकपा माओवादी केन्द्र र सभामुख एमालेलाई परेको थियो ।

गुरुङलाई एमालेको १०, माओवादीको १३ र समाजवादीको १ र राप्रपाको १ सांसदको समर्थन रहेको छ । कांग्रेस उम्मेदवार पोखरेललाई १४ सांसदको समर्थन छ । पोखरेल प्रत्यक्ष र गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);