सुदूरपश्चिम प्रदेश, कर्णाली र प्रदेश २ मा नेकपा एकीकृत समाजवादी एमाले भन्दा बलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश, कर्णाली र प्रदेश २ मा नेकपा एकीकृत समाजवादी एमाले भन्दा बलियो

काठमाडौं । प्रदेश आयोगको प्रदेश कार्यालयमा नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा जाने प्रदेश सासंदहरुको आधारमा सुदूरपश्चिम प्रदेश, कर्णाली र प्रदेश २ मा एमालेभन्दा ठूलो दल नेकपा एस देखिएको छ ।

निर्वाचन आयोगले भदौ ९ गते एमाले विभाजन भएर बनेको माधव कुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाणपत्र दियो । विभाजित दलमा जान चाहनेहरुका लागि २१ दिनको समय उपलब्ध गराइएको थियो, जुन मंगलबार सकियो । सो निर्वाचन आयोगले दिएको समयसीमाभित्र दल परिवर्तन गर्ने जनप्रतिनिधिको पद गुम्ने छैन ।

कुन प्रदेशमा को बलियो, एमाले कि नेकपा एकीकृत समाजवादी ?
प्रदेश १ मा नेकपा (एमाले)का ४१ सासंद बाँकी छन् भने नेकपा एकीकृत समाजवादीको पक्षमा १० जना प्रदेश सांसदले सनाखत गरेका छन्।

प्रदेश २ मा पनि एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ। एकीकृत समाजवादी सँग १३ जना सासंद छन् भने एमाले सँग ८ जना सासंद रहेका छन् ।

बागमती प्रदेशमा एमालेका ४३ सासंद छन् भने एकीकृत समाजवादीमा १३ जना सांसद रहेका छन् । तर एमालेले प्रदेशसभामा बहुमत भने गुमाएको छ ।

गण्डकी प्रदेशमा नकपा एकीकृत समाजवादीमा शून्य सासंद छन् भने एमालेमा २७ सासंद रहेका छन् । एमालेका सबै सासंद मुल पार्टीमै बसेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेका एक समानुपातिक सांसदले मात्र एकीकृत समाजवादीको पक्षमा सनाखत गराएकी छन् । योसँगै यस प्रदेशमा एमालेमा ३६ प्रदेशसभा यथावत छन् भन एसले एक सांसद पाएको छ ।

कर्णाली प्रदेशमा एमालेमा (सभामुख सहित) १३ सासंद छन् भने एकीकृत समाजवादीमा ३ जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सभामा नेकपा एस सँग प्रदेश सभा सदस्यहरुको संख्या १४ पुगेको छ । भने नेकपा एमाले ११ सासंदमा खुम्चिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);