एमाले, एस र जसपाले दर्ता गरायो प्रदेश १ मा नामको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

एमाले, एस र जसपाले दर्ता गरायो प्रदेश १ मा नामको प्रस्ताव

काठमाडौं, १७ फागुन । नेकपा एमालेले प्रदेश १ को नाम कोसी राख्न प्रस्ताव गरेको छ । एमालेले तर्फबाट प्रदेश सभा सदस्य रामबहादुर मगरले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । राईको प्रस्तावको समर्थनमा भूमिप्रसाद राजवंशी, निरन राई रहेका छन् । आज १ बजेसम्म प्रदेशको नाम प्रस्ताव गर्न सचिवालयले समय दिएको थियो ।

नेपाली कांग्रेस र एमालेले यसअघि नै कोसी नाम राख्ने सहमति गरेका थिए । त्यसैगरी, प्रदेश १ को नामाकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छट्टुै प्रस्ताव दर्ता गराएका छन् । दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । एकीकृत समाजवादीका सांसद पूूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई दर्ता गरेको प्रस्तावको समर्थनमा एकीकृत समाजवादीका कमलप्रसाद जवृगुर र जसपाका निर्मला लिम्बुले समर्थन गरेकी छिन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);