सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने माग जायज छः सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने माग जायज छः सभामुख घिमिरे

काठमाडौं, १७ फागुन । सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ । बुधवार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको बताउनु भयो ।

उहाँले रोकिएका विधेयकहरुमा सञ्चारमाध्यमहरुसँग बसेर छलफल गर्न र असंसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको बताउनु भयो । सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले खोजमुलक र जनतामुखी समाचार सम्प्रेषण प्रशारण गर्नुपर्ने बताउनु भयो । उहाँले अवस्था परिवर्तनको लागि पत्रकारिताको भुमिका महत्वपूर्ण उल्लेख गर्दै समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाइ राज्य सञ्चालनका अंगहरु व्यवस्थापिका र कार्यपालिकालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरुको भुमिका उल्लेखनीय रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पत्रकारितालाई हेर्दा हाम्रो विगतको लक्ष्य खास गरेर व्यवस्थालाई परिवर्तन गर्नु थियो । बिरोध गर्नु थियो, ढाल्नु थियो । बहुदलिय व्यवस्था वा लोकतान्त्रिक गणतन्त्रको संविधान र संविधानबाट निर्वाचित निकायहरु बनिसकेपछि कसरी जानुपर्छ भन्ने विषयमा खोजमुलक ढंगबाट जानुपर्छ, अनुसन्धानात्मक ढंगबाट जानुपर्छ । गाउँको वास्तविकतालाई पनि उजागर गर्नुपर्छ । जनताको जीवनसँग गाँसिएका समाचारहरु लिएर आउने काममा लाग्नुपर्छ । बहुदलिय व्यवस्था आइसकेपछि हामीले व्यवस्थामा परिवर्तन गरेपनि हामीले अब अवस्थामा खासै परिवर्तन गर्न सकेको छैनौँ । सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएका यी कुराहरुलाई सभामुख भएको नाताले अघि बढाइयोस् भन्ने चाहना आकांक्षा जायज छ । यस क्षेत्रका समस्या के हुन्, आउन लागेको विधेयको बिरोध गर्नुको कारण के हो ? रोकिएको विधेयक अघि बढाउन मेरो ठाउँबाट अघि बढाउन म तयार छु । अवस्था परिवर्तनको लागि पत्रकारिताको भुमिका महत्वपूर्ण छ । समृद्ध समाज बनाउन, प्रजातन्त्रलाई बलियो बनाउन र राज्य सञ्चालनका अंगहरु व्यवस्थापिकालाई प्रभावकारी बनाउन, संसदको भुमिका गरिमायुक्त बनाउन, संसंसदले खेलेको भुमिका कार्यान्वयन गर्न कार्यपालिकालाई सशक्त बनाउन सञ्चारमाध्यमहरुको भुमिका महत्वपूर्ण छ ।’

इञ्जाले इञ्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इञ्जा खोजि पत्रकारिता पुरस्कार, २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ । त्यस्तै ग्रामिण पत्रकारिता पुरस्कार, २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार, २०७९ मा इञ्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);