प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्न संयुक्त प्रस्ताव दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्न संयुक्त प्रस्ताव दर्ता

PREDASH 3 samyukta prastab

काठमाडौं, २६ पुस । प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका सांसदहरुले संयुक्त प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेश सभा सचिवालयमा नेकपा, कांग्रेसलगायत प्रतिपक्षी दल मिलेर प्रदेश सभामा नाम र राजधानीबारे संयुक्त प्रस्ताव दर्ता गरेका हुन् । मुख्यमन्त्री एवम् नेकपा नेता डोरमणि पौडेल प्रस्तावक र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङले समर्थन गरेका छन् ।

यसैगरी, विवेकशील दलले नाम बाग्मतीमा सहमत भए पनि राजधानी काभ्रेको धुलिखेललाई बनाउनुपर्ने प्रस्ताव आजै दर्ता गराएको छ । प्रस्तावको प्रस्तावकमा सांसद रमेश पौडेल छन् भने समर्थकमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य छन् ।

प्रदेश ३ मा विवेकशीलका तीन सांसद छन् । नेमकिपा भने यसमा मौन छ । प्रदेशको नाम र राजधानीबारे अहिले छलफल सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);