तुम्बाहाङ्फेले भनिन्, मलाई नै सभामुख बनाउनुस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

तुम्बाहाङ्फेले भनिन्, मलाई नै सभामुख बनाउनुस्

shivamaya tumbahamfe

काठमाडौं, २६ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा उपसभामुख तुम्बाहाङफेले यस्तो प्रस्ताव गरेकी हुन् । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा गर्न छलफलमा बोलाएका थिए ।

ओली, दाहाल र तुम्बाहाङफेको त्रिपक्षीय छलफलमा सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । उपसभामुख तुम्बाहाङफेले सभामुखको टुंगो नलागेसम्म आफूले राजीनामा गर्न नसकिने बताएकी छन् ।

छलफलमा तुम्बाहाङफेले अध्यक्षद्वय ओली र दाहाललाई निकास दिन आग्रह गरेकी छन् । अब संसद्लाई अनिर्णयको बन्दी बनाउन नसकिने भन्दै छिटो निकास दिन आग्रह गरेकी उनले सभामुख पदमा आफ्नो पनि दावी रहेको बताइन् ।

अध्यक्षद्वय ओली र दाहालबीच सभामुख उम्मेदवार टुंगो लगाउन पटकपटक छलफल भए पनि निकास निस्कन सकेको छैन । ओलीले नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र दाहालले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन खोजेका छन् । उता राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख तुम्बाहाङफेलाई नै सभामुख बनाउन खोजेकी छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);