दिनहुँ भेटिन्छन् ओली–प्रचण्ड, भेटिँदैनन् सभामुखका उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दिनहुँ भेटिन्छन् ओली–प्रचण्ड, भेटिँदैनन् सभामुखका उम्मेदवार

prachanda oli

काठमाडौं, २४ पुस । संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन ।

यस पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वयबीच बारम्बार भएको छलफल सार्थक बन्न नसकेको हो ।

सहमति जुटाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ छलफल भए पनि आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको बुझिएको छ ।

सभामुखका लागि प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र प्रचण्डले अग्नी सापकोटाको पक्षमा अडान लिँदै आएका छन् । यता उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सभामुख बनाउने सुनिश्चितता नगरेसम्म उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छिन् ।

नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा संसद्को बैठक पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);