नेकपाकाे सचिवालय बैठक जारी, सभामुखको टुंगो लगाउने विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेकपाकाे सचिवालय बैठक जारी, सभामुखको टुंगो लगाउने विषयमा छलफल

काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको सभामुखको उम्मेदवारको विषयमा टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालयको बैठकले सभामुखको विषयमा निर्णय गर्ने बताइएको छ । नेकपाभित्र सभामुखको टुंगो लाग्न नसक्दा प्रतिनिधिसभाको हिउँदे अधिवेशन २ पटक स्थगित भइसकेको छ ।

आइतबार प्रतिनिधि सभाको बैठक बोलाइएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आ–आफ्नो अडान नछाडेपछि सभामुखको उम्मेदवारको विषयमा निर्णय हुन सकेको छैन ।

सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि आफ्ना अडान कायमै राखेपछि नेकपा भित्र सभामुख चयन गर्न निकै सकस देखिएको छ । प्रधानमन्त्री ओली सुवासचन्द्र नेम्वाङलाई तथा अध्यक्ष दाहाल अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने पक्षमा छन् । उपसभामुख तुम्बाहाम्फेलाई सभामुख बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको चाहना पनि सार्वजनिक भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);