नेकपा सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेकपा सचिवालय बैठक बस्दै

nekapa sachibalaya latest

काठमाडाैं, १८ पुस । नेकपा सचिवालय बैठक बस्दै , प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउने प्रयास ।

प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार चयनका लागि बिहिबार झण्डै ४ घण्टा चलेको बैठक विना निष्कर्ष सकिएको थियो । प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठकले राष्ट्रिय सभामा कार्यकाल सकिएका कसैलाई पनि दोहो¥याएर उम्मेदवार नबनाउने विषयमा मोटामोटी सहमति गरेको छ । बैठकले राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाउने जनाइएको छ ।

आइतबार उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सकेसम्म आजै उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी रहेको छ । ५९ सदस्यीय राष्ट्रिय सभाको फागुनमा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ ।

बैठकमा सभामुखको उम्मेदवार चयनबारे पनि छलफल हुनेछ । नेकपाभित्र सभामुखको उम्मेदवार टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक दुई पटक सूचना टाँसेर स्थगित भइसकेको छ । पूर्वएमाले र पूर्वमाओवादीबीचको अडानका कारण सभामुखको उम्मेदवार टुंगो लाग्न नसकेको हो ।पूर्वमाओवादीका तर्फबाट अग्नी सापकोटा र पूर्वएमालेका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङको नाममा छलफल अघि बढेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);