सभामुखमा नयाँ विकल्प : ओली दाहाल सहमति नजीक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सभामुखमा नयाँ विकल्प : ओली दाहाल सहमति नजीक

nekapa-oli-dahal

काठमाडौं, ४ माघ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परिरहेकै बेला नयाँ विकल्पको खोजी सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सभामुखका लागि नया विकल्पका बारेमा छलफल गर्दै सहमति नजीक पुगेको नेकपा सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा नयाँ विकल्पको खोजी भएको हो । यसैविषयमा विहीबार देखि सघन छलफलमा रहेका अध्यक्षद्धय छिटै सहमतिमा पुग्ने बताइएको छ ।

अहिलेसम्म चर्चा भएका उम्मेदवारको नाममा सहमति नजुटेपछि नेकपा स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र टोपबहादुर रायमाझीमध्ये एकलाई सभामुख उम्मेदवार बनाउने विषयमा छलफल सुरु भएको छ । यद्यपि, शर्मा र रायमाझीको नाममा समेत अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार अहिलेसम्म चर्चा भएका नाममा सहमति नजुटेपछि नयाँ विकल्पको खोजीमा अध्यक्षद्वय ओली र दाहाल जुटेको बताए । नयाँ विकल्पको खोजीको क्रममा शर्मा र रायमाझीको नाममा छलफल भएको उनले बताए ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);