निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्ताव

nijgadh airport

काठमाडौं, ४ माघ । स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालन गरिरहेको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित प्रस्ताव माग गरिएको छ ।

गत असोज ६ गते बसेको लगानी बोर्ड बैठकले जुरिचलाई छनोट गरेबमोजिम कम्पनीसँग प्रस्ताव माग गरिएको हो । बोर्डले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ४५ दिनभित्र विमानस्थल निर्माण र सञ्चालनका विषयमा जुरिचसँग आवश्यक प्रस्ताव खोजेको हो । प्रस्ताव अध्ययनपछि बोर्डले उपयुक्त लागेमा जुरिचसँग निर्माणको अन्तिम सम्झौता गर्नेछ ।

गत असोजमा लगानी बोर्ड बैठकले निजगढमा विमानस्थल निर्माणका लागि आवेदन दिएका विभिन्न सात देशका कम्पनीमध्ये जुरिचलाई छनोट गरेको थियो । त्यति बेला सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने निर्णयसहित जुरिच छनोट भएको थियो । बोर्डले गत वर्ष चैत १६ मा सम्पन्न लगानी सम्मेलनका क्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई ‘सोकेस’ परियोजनाको रूपमा प्रस्ताव गरेको थियो । बोर्डले त्यति बेला करिब तीन अर्ब डलर लागतको परियोजनाका रूपमा यसलाई प्रस्तुत गरेको थियो ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);