विवादमा किन पर्छ प्रहरीको व्यवहार ? | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

विवादमा किन पर्छ प्रहरीको व्यवहार ?

astha raut

काठमाडौं, ४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था राउतलाई चेकजाँचको क्रममा प्रहरीले ‘दुर्व्यवहार’ गरेको विषयमा पछिल्लो समय पक्ष र विपक्षमा बहस भइरहेको छ । १ माघमा भद्रपुर जाने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचका क्रममा गायिका राउत र महिला प्रहरीबीच विवाद भएको थियो । यो विवादमा कसैले प्रहरीको आलोचना गरेका छन् भने केहीले गायिका राउतकै कमजोरी औँल्याएका छन् ।

गायिका राउतले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेपछि विवाद सुरु भएको थियो । प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुजेटअनुसार कफी र ज्याकेटलाई लिएर विवाद सुरु हुन्छ । एक्सरे गेटबाट प्रवेश गरेपछि महिला प्रहरीले ज्याकेट खोल्न आग्रह गर्दा राउत रिसाउँछिन् । हातमा रहेको कफीको कप पनि राख्न लगाउँछिन् ।

आक्रोशित हुँदै राउत ज्याकेट डेटल डिटेक्टर मेसिनमा राखेर चेकिङमा आउँछिन् । महिला प्रहरी रमिता श्रेष्ठले शरीर चेकजाँच गरी उनलाई कफी फिर्ता दिन खोज्छिन् । उनी लिन मान्दिनन् । उल्टो प्रहरीलाई गाली गरेपछि विवाद सुरु भएको देखिन्छ । त्यही क्रममा उनको कफी झोलामा पोखिन्छ । महिला प्रहरीले सुरुमा हात तानेर जबर्जस्ती दिन खोज्छिन् । पछि झोलाभित्रै राखिदिन खोजेपछि भनाभन हुन्छ । त्यही विषयलाई लिएर राउतले आफूलाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै फेसबुकमा भिडियो राखेपछि विवाद सार्वजनिक भएको हो ।

प्रहरीले त्यसको ‘काउन्टर’मा शुक्रबार सिसिटिभी भिडियो सार्वजनिक गरेको छ । भिडियोमा प्रहरी चेकजाँचलाई राउतले असहयोग गरेको देखिन्छ । तर, प्रहरीले आफ्नो बचाउका लागि विमानस्थलको संवेदनशील भिडियो अनौपचारिक रूपमा सार्वजनिक गरेको हो ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);