गायिका आस्था राउतलाई ४ दिन प्रहरी हिरासतमा राख्न अुनमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गायिका आस्था राउतलाई ४ दिन प्रहरी हिरासतमा राख्न अुनमति

काठमाडौं, १३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई हिरासतमा राख्न अुनमति दिएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत प्रशासन समक्ष म्याद थपका लागि अनुरोध गरेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सामाजिक सञ्जाल फेसबुकबाट प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेपछि प्रहरीले आस्थाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएपनि राउत सोमबार बिहान आफै प्रहरी कार्यालयमा उपस्थित भएकी थिएन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरी जवानसँग माघ १ गते राउतको विवाद भएपछि उनले फेसबुक मार्फत प्रहरीलाई अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको थियो । राउतसँग विवाद भएपछि प्रहरी जवान रमिता श्रेष्ठले किटानी जाहेरी दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);