ओली-दाहालबीचको छलफलमा ठोस सहमति भने हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ओली-दाहालबीचको छलफलमा ठोस सहमति भने हुन सकेन

oli-dahal

काठमाडौं, २१ असार । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी भित्रको बिवाद अत्य गर्ने बिषयमा छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छफफलमा नेकपामा बढ्दो अन्तरविरोधलाई समाधान गर्ने बिषयमा दुइ अध्यक्षबीच कुराकानी भएको हो । तर दुवै अध्यक्षबीच बिवादित विषयमा ठोस सहमति भने नभएको जनाइएको छ ।

छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी रहनुभएको थियो भने दाहालका तर्फबाट उर्जामन्त्री वर्षमान पुन र जनार्दश शर्मा समेत सहभागी हुनुभएको थियो । पार्टीमा देखिएको संकट समाधानका लाागि भन्दै नेकपाको जारी स्थायी कमिटी बैठक स्थगित गरेर शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

यही असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । खासगरी नेपालले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेकपाकै नेताहरुको संलग्ना रहेको भनेर ओलिले गत हप्ता अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चुलिएको हो ।

विवाद समाधानकै लागि भनेर नेकपाको शनिबार बस्ने भनिएको स्थायी कमिटी बैठक सोमबार बस्नेगरी स्थगित भएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);