ओली र दाहालबीचको भेटवार्ता सकियो | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

ओली र दाहालबीचको भेटवार्ता सकियो

oli-dahal

काठमाडौं, २२ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफल सकारात्मक भएको र दुई अध्यक्षका बीचमा गम्भीर ढंगल छलफल गर्ने सहमति भएको बताइएको छ ।

आजको भेटमा प्रधानमन्त्रीबाट ठोस कुरा केही नआएको भएपनि समस्या समाधान गर्ने उपायका बारेमा छलफल भएको जनाइएको छ । यसअघि आइतबारको भेटमा दुबै पक्षका केही नेताहरूलाई राखेर अनौपचारिक कार्यदल बनाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुइअध्यबीचको छलफल पछि आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको र अर्को बैठक असार २४ गते बुधबार बिहान ११ बजे बस्ने जानकारी दिनुभयो ।

आइतबार छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी रहनुभएको थियो भने दाहालका तर्फबाट उर्जामन्त्री वर्षमान पुन र जनार्दश शर्मा समेत सहभागी हुनुभएको थियो ।

पार्टी भित्र प्रधानमन्त्री ओलीको राजीनामा माग भएसँगै देखिएको अन्तरविरोध कारण बैठक स्थगित हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);