नेकपा सचिवालय बैठक बस्दै, दुई कित्तामा विभाजित नेताहरुको आ–आफ्नै रणनीति | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेकपा सचिवालय बैठक बस्दै, दुई कित्तामा विभाजित नेताहरुको आ–आफ्नै रणनीति

काठमाडौं, २० मंसिर । नेकपा केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ । यसअघि बुधबार बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागी हुनुभएको थिएन ।

आजको बैठकमा भने उहाँ सहभागी हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा दुई अध्यक्षले छुट्टाछुट्टै प्रस्ताव पेश गरिसकेकोमा अहिले दुबैपक्ष प्रस्तावको बचाउमा लागेका छन् । यसका लागि पुष्पकमल दाहाल प्रचण्डको समूहले सघन छलफल गर्दै रणनीति तयार गरिरहेको छ । यस्तै प्रधानमन्त्री तथा अध्यक्ष ओलीका तर्फबाट पनि रणनीति बनाइसकेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट पठाइएका प्रस्ताव स्वीकार्न अध्यक्ष दाहालले अस्वीकार गरिरहनुभएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल मार्फत पठाइएका सन्देश दाहालले अस्वीकार गर्नुभएको हो । यस्तै पार्टी विवाद धेरै नचर्काउन र मिलेर जान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आव्हान समेत दाहालले मान्नुभएको छैन ।

सचिवालयमा बहुमत रहेको दम्भकै कारण दाहाल समूहले कुनै प्रस्ताव नमानेको प्रम ओली समूहको आरोप रहँदै आएको छ । यस्तै प्रम ओलीले पार्टीको पद्धतिलाई बेवास्ता गर्दै अघि बढेको आरोप भने दाहाल समूहको रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);