राजतन्त्र फर्काउन माग गर्दै माइतीघरमा प्रदर्शन, सुरक्षाकर्मीको बाक्लो उपस्थिति | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

राजतन्त्र फर्काउन माग गर्दै माइतीघरमा प्रदर्शन, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

आजपनि विभिन्न ठाउँमा प्रदर्शन सुरक्षा व्यवस्थामा कडाई सत्तारुढ दलमा किचलो बढेकाले राजावादी उत्साही भएको टिप्पणी

काठमाडौं, २० मंसिर । राजतन्त्र फर्काउन माग गर्दै माइतीघरमा प्रदर्शन भैरहेको छ । शनिबार दिउँसो माइतीघर क्षेत्रमा राजावादीको बृहत प्रदर्शनको तयारी रहेको छ । प्रदर्शनमा अप्रिय घटना हुन नदिन सुरक्षा निकायले विशेष सतर्कता अपनाउँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो ।

प्रदर्शनका क्रममा राजावादीहरु विभिन्न नारा अंकित ब्यानर र प्लेकार्ड र राष्ट्रिय झण्डासहित माइतीघरतर्फ भेला हुने क्रम जारी छ ।

केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनलाई मध्यजर गर्दै काठमाडौंमा प्रदर्शन, भेला तथा जुलुस नगर्न आग्रह गरेको थियो । तर पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक किचलो बढेसँगै राजावादी समूह उत्साही भएको टिप्पणी भैरहेको छ । पछिल्लो समय सक्रिय भएका यी आन्दोलनले पनि यी टिप्पणीलाई बल पुर्‍याइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);