थाइल्याण्डमा संकटकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

थाइल्याण्डमा संकटकाल घोषणा

एजेन्सी, २९ असोज । थाइल्याण्डमा सरकारले देशभर संकटकालको घोषणा गरेको छ । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजधानी बैंककमा नै नारा लागेपछि सरकारले देशभर संकटकालको घोषणा गरेको हो ।

थाईल्याण्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था हुदाहुदै बिहीबार प्रदर्शनकारीहरूले राजा महा वाचिरालंकनविरूद्ध नारावाजी गरेपछि सरकारले शान्ति र सुव्यवस्था कायम गर्न भन्दै संकटकाल घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । विपक्षी नेताहरुले भने शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा संकटकालीन आदेश जारी गरेको भन्दै सरकारको आलोेचना गरेका छन् ।

विपक्षी समूहले प्रहरीले केही प्रभावशाली नेतासहित २२ भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको दावी समेत गरेको छ । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको स्वीकार गरेको छ । प्रजातन्त्रका लागि भनी गर्दै आएको आन्दोलन हिंसात्मक बन्ने देखेपछि देशमा संकटकाल लगाउनुको विकल्प नभएको सरकारको तर्क छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्री प्रायुथ चान ओचाको राजीनामा र राजाको अधिकार कटौतीको माग गर्दै प्रदर्शन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);