सुडानमा संकटकाल घोषणा, प्रान्तीय सरकार भंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सुडानमा संकटकाल घोषणा, प्रान्तीय सरकार भंग

bashir

काठमाडौं, ११ फागुन । सुडानका राष्ट्रपति ओमार अल बसिरले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् ।

उनले संघीय राज्य सुडानका सबै प्रान्तीय सरकार भंग गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् । एक राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सबै प्रान्तका सरकार भंग गरेको र ती प्रान्तहरू संघीय सरकारको मातहतमा आएको उल्लेख गरेका छन् । राष्ट्रपति विरुद्ध देशव्यापीरूपमा आन्दोलन भएपछि बसिरले यस्तो कदम चालेको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सरकारले नागरिकलाई दिँदै आएका विभिन्न सहुलियत कटौती भएको विरोधमा केही महिनाअघिदेखि सरकारविरुद्ध प्रदर्शन भएका थिए । तर सरकारले प्रदर्शनहरूलाई दबाउने, माग सम्बोधन नगर्ने लगायतका क्रियाकलाप देखाएपछि प्रदर्शनहरू राष्ट्रपतिको विपक्षमा केन्द्रित भएका थिए । ३० वर्षदेखि राष्ट्रपतिका रूपमा रहेका बसिरले संविधान संशोधनबारे उठिरहेका माग दबाउन यस्तो कदम लिएको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);