सुडानमा पाउरोटी र इन्धनको मूल्यबृद्धि विरुद्धकाे आन्दोलनलाई सेनाको साथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुडानमा पाउरोटी र इन्धनको मूल्यबृद्धि विरुद्धकाे आन्दोलनलाई सेनाको साथ

एजेन्सी, २५ चैत।  पाउरोटी र इन्धनको मूल्यबद्धि विरुद्ध चार महिना देखि आन्दोलन गरिरहेका सुडानी प्रदर्शनकारीलाई त्यहाँको सेनाले साथ दिएको छ । लामो समय देखि प्रदर्शन जारी रहेपनि राष्ट्रपति अमर अल बसिरले मूल्यबृद्धि फिर्ता नहुने र सत्ता पनि प्रदर्शनबाट परिवर्तन नहुने अडान राख्दै आएका छन् । तर, राष्ट्रपति बसिर यस्तो अडानमा कायम रहेकैबेला सेनाले प्रदर्शनकारीलाई दिएको साथले बसिर सत्तामा चुनौती खडा गरेको छ ।

भोकमरीको सामना गरिरहेको सुडानमा पाउरोटी र इन्धनको मूल्यबृद्धि विरुद्धको आन्दोलनलाई राष्ट्रपति अमर अल बसिरले बेवास्ता गर्दै आएका थिए । यसै भोकमरीमा रहेको सुडानमा पाउरोटीको मूल्यले अझ धेरै सुडानीलाई भोकमरीको शिकार बाउने अनि इन्धनको मूल्यबृद्धिले अन्यक्षेत्रमा समेत महंगीको चेन इफेक्ट पर्ने भन्दै प्रदर्शनकारीले मूल्यबृद्धि फिर्ता लिन माग गरिरहेका छन् ।

लामो समयसम्म पनि माग संबोधन नभएपछि प्रदर्शनकारीले बसिरको राजीनामासँगै उनको सत्ता परिवर्तको समेत आवाज उठाउन थालेको थिए । सोमबार पनि त्यही आवाज उठाउँदै प्रदर्शनकारीहरुले राजधानी खार्तुमको सैनिक मुख्यालय अगाडी प्रदर्शन गरे ।

राष्ट्रपति कार्यालय नजिकैको प्रदर्शनमा प्रहरीले हस्ताक्षेप गरि धमाधम अश्रुग्याँस प्रहार गरि आन्दोलनकारीलाई तितरवितर बनाएको थियो । तर, सेनाको मुख्यालय अगाडीको प्रदर्शनमा सेना पनि आक्रोसित भएको सुडानी प्रहरीको अनुमान त्यतिवेला असफल भयो । जब सेनाले राष्ट्रपति विरुद्ध नारावाजी गरिरहेका प्रदर्शनकारीलाई संरक्षण दियो ।

सोमबार प्रदर्शनकारीले सैनिक मुख्यालय अगाडी पुगेर राष्ट्रपतिविरुद्ध नारा लगाउँदै सेनालाई हस्तक्षेप गर्न माग गरे । प्रदर्शनकारीले सेनालाई कि जनतालाई वा निरकुश शासकलाई साथ दिनमाग गर्दै आन्दोलन गरिरहँदा प्रहरील ेहस्ताक्षेप ग¥यो तर सेनाले प्रदर्शनकारीर्लाइ साथ दिएको छ ।

जाफर निमेरीको सत्ताबाट हटाउन सैन्य कू गरेको वार्षिकोत्सवको अवसरमा मुख्यालय बाहिर प्रदर्शन भइरहँदा सेनाबाट प्रदर्शनकारीलाई दिएको साथले सुडानी सत्तामाथी चुनौती खडा गरेको छ । बहुमूल्य धातुका र इन्धनको खानी भएको भएर पनि सुडान लामो समय देखि भोकमरीसँग जुधीरहेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ३५ जनाभन्दा धेरैको मृत्यु भइसकेको छ भने हजारौं सुडानी नागरिक घाइते भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);