लिबियामा द्वन्द्व चर्कियो, सुरक्षा जिम्मेवारी नेपाली सेनाको काँधमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

लिबियामा द्वन्द्व चर्कियो, सुरक्षा जिम्मेवारी नेपाली सेनाको काँधमा

lebiya

काठमाडौं, २६ चैत । अफ्रिकी मुलुक लिबियामा संयुक्त राष्ट्रसंघले शान्तिका लागि गरेको पछिल्लो प्रयास विफल भएपछि द्वन्द्व चर्किँदै गएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको वार्ता विफल भएपछि लिबियाली विद्रोही समूह ‘लिबियन नेसनल आर्मी’ले राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले आफ्ना लडाकुलाई परिचालन गरेको छ ।

विद्रोही समूहले राजधानी त्रिपोली कब्जा गर्न थालेपछि त्यहाँ तैनाथ भारतलगायतका मुलुकका शान्ति सैनिक त्यहाँबाट पलायन भएका छन् । भारतले शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ । अमेरिका र भारतका फौजसमेत हटाइएको अवस्थामा त्रिपोलीमा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षा जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ । नेपाली सेनाले हाल राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा लिबिया शान्ति मिसनका प्रमुख घासन सलामे लगायतका कर्मचारीलाई आफ्नो सुरक्षा घेरामा राखेको छ ।

लिबियाली शान्ति मिसनमा २३१ नेपाली सैनिक तैनाथ रहेको बताइएको छ । यसैबीच त्रिपोलीमा भएको भिडन्तबाट बच्न दुई हजार ८०० भन्दा बढी परिवार विस्थापित भएको जनाइएको छ । त्रिपोलीमा आपतकालिन सेवा र विद्युत सेवा समेत अवरुद्ध भएको लिबियास्थित राष्ट्रसंघीय मानवीय सहायता संयोजक मारिया रिबेइरोको भनाइ छ । सोमबार पनि त्रिपोली नजिक विद्रोही समूह र अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त सरकारको सेनाबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुबै पक्षबाट हवाई आक्रमणसमेत भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);