सुडानमा पाउरोटीको मूल्य वृद्धिको विरोधमा आन्दोलन हुँदा २२ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुडानमा पाउरोटीको मूल्य वृद्धिको विरोधमा आन्दोलन हुँदा २२ को मृत्यु

sudan pauroti mulyabridhi

एजेन्सी, २७ पुस । सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरिएको भन्दै दिनहुजसो प्रदर्शन हुँदै आएको छ । केहिदिनदेखि जारी विरोध प्रदर्शनका क्रममा भएको झडपमा परी अहिलेसम्म २२ जनाको मृत्यु भएको छ ।

लामो समयदेखि द्वन्द्वग्रस्त देश सुडानमा पाउरोटीको मूल्यमा भएको वृद्धिको विरोधमा भएको प्रदर्शनमा अहिलेसम्म २२ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । सुडानमा केहिदिनदेखि प्रदर्शन हुँदै आएको छ ।

सुडानको खार्तुम सहरमा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा मानिसहरु मारिएको सुडानी अधिकारीहरुले जनाएका छन् । प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आएका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ । मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेकोे छ ।

खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै प्रदर्शन गरिरेहका सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएका झडपमा सयौँ प्रदर्शनकारी घाइते भएका छन् । खार्तुम शहरमा राष्ट्रपति ओमार अल बशरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरू सहभागी भएका छन् ।

खार्तुम सहरमा प्रहरीले प्रदर्शनकारी माथी मात्र होइन अस्पतालभित्रै प्रहरीले अश्रु ग्याँस र गोली प्रहारसमेत गरेको त्यहाका चिकित्सकहरूद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य अधिकारीहरूले अन्य ८० जनाभन्दा वढिलाई गोली लागेर घाइते भएको र उनीहरूको उपचार भैरहेको जनाएका छन ।

अहिलेको आन्दोलनलाई सन् १९८९ मा राष्ट्रपति ओमार अल बशिरले शक्ति हत्याए यताको सबैभन्दा गम्भीर नागरिक असन्तोषका रुपमा लिइएको छ । प्रदर्शनकारीहरूले सत्ता परिवर्तनको माग गरिरहेका छन् । विद्यालयहरू बन्द छन् भने पत्रिकाहरूलाई पनि प्रकाशन नगर्न आदेश दिइएको छ । केहि घण्टासम्म इन्टरनेट पनि बन्द गरिएको जनाइएको छ । प्रदर्शनकारीहरूले सामाजिक संजालका वेबसाइटहरू मार्फत आन्दोलनका सहभागी हुन मानिसहरूलाई आह्वान गरिरहेका छन् ।

सन् २०११ मा दक्षिण सुडान स्वतन्त्र भएपछि ठूलो मात्रामा तेल राजस्व गुमाउनु परेको र त्यसको परिणाम स्वरुप इन्धनमा दिइंदै आएको सहुलियत कटौती गर्न राष्ट्रपति बाध्य भएको बताइएको छ । सन् २०१२ मा पनि केहि इन्धन सहुलियत कटौती हुँदा केहि हप्तासम्म विरोध प्रदर्शनहरू भएका थिए ।

आर्थिक रुपमा कमजोर रहेको सुडानमा आम मानिसले प्रयोग गर्ने पाउरोटीमा समेत मूल्यर्वद्धि भएपछि सर्वसाधानहरु आन्दोलनमा उत्रिएका हुन । पाउरोटीको मूल्यमा वृद्धि भएपछि त्यहाको प्रतिपक्षिदलल समेत आन्दोलनको समर्थन गरेको छ ।

उता सत्ताधारी दलले भने मूल्य वढाउनु वाध्यता भएको भन्दै आन्दोलनलाई राजनीतिकरण नगर्न प्रतिपक्षी दललाई सचेत गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);