इरानमा मूल्य वृद्धि प्रदर्शनले हिंसात्मक रुप लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इरानमा मूल्य वृद्धि प्रदर्शनले हिंसात्मक रुप लियो

काठमाडौं, १६ पुस । इरानमा मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनले हिंसात्मक रुप लियो, प्रदर्शनकारीद्वारा प्रहरीको सवारीसाधनमा आगजनी, प्रदर्शन चर्किएपछि राष्ट्रपति रुहानी समस्यामा ।

इरानमा तीन दिनदेखि सुरु भएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।

उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएको हो । मूल्य वृद्धि तथा जीवनस्तर खस्किएको विरोधमा सुरु भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको छ । प्रदर्शनकारीले उत्तरी इरानको अभर शहरमा सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीको तस्विर सहितको ब्यानरमा आगो लगाएका छन् भने स्थानीय राजधानीमा पनि आगजनी गरेका छन् । मशहद शहरमा प्रदर्शनकारीले प्रहरीको मोटरसाइकल जलाइदिएका छन् ।

इरानमा सन् २००९ पछि भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शन चर्किंदै गएपछि सुरक्षा सतर्कता बढाइएको छ । दोरुद शहरमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ ।

तर सरकारी पक्षले यस विषयमा कुनै जानकारी नदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरोधमा सुरु भएको आन्दोलनले सरकार विरोधी प्रदर्शनको रुप लिएपछि राष्ट्रपति हसन रुहानी समस्यामा पर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);