इरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि घोषणासँगै विरोध प्रदर्शन, दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

इरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि घोषणासँगै विरोध प्रदर्शन, दुई जनाको मृत्यु

iran

एजेन्सी, १ मंसिर ।  इरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको घोषणासँगै भएको विरोध प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ । राजधानी तेहरानलगायत शिरजान शहरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले पेट्रोल डिपोमा आगजनी गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको र झडपकै क्रममा दुई प्रदर्शनकारीको मृत्यु भएको हो ।

इरान सरकारले हरेक महिना ६० लिटरसम्म पेट्रोल खरिद गरेमा ५० प्रतिशत र सो भन्दा माथि जतिसुकै पेट्रोल खरिद गरेमा ३ सय प्रतिशत मूल्य बढाउने निर्णय गरेपछि जनता सडकमा उत्रिएका हुन् । सरकारको यही निर्णय विरुद्ध भएको प्रदर्शनका क्रममा सवारी आवागमन ठप्प हुनुका साथै हवाई उडान समेत प्रभावित बनेको छ । अमेरिकाले आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा रोक लगाएपछि इरानमा आर्थिक संकट चुलिएको हो ।

यसैबीच इरानका राष्ट्रपति हसन रुहानीले देश आर्थिक संकटमा परेकाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न सरकार बाध्य भएको बताएका छन् । विरोध प्रदर्शनले इरानमा आगामी फेब्रअरीमा हुन लागेको संसदीय चुनाव समेत प्रभावित हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);