श्रीलंकाको राष्ट्रपति निर्वाचनमा गोतावाया राजपाक्षे विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा गोतावाया राजपाक्षे विजयी

gotabaya rajapaksa

एजेन्सी, १ मंसिर । श्रीलंकामा सम्पन्न राष्ट्रपतिय चुनावमा गोतबाय राजपाक्षे बिजयी भएका छन । शनिबार भएको निर्वाचनको आइतबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार राजापाक्षेले सत्तारुढ दल युनाइटेड नेशनल पार्टिका उम्मेदवार साजिस प्रेमदासलाई हराएका हुन् ।

निवर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेनाको दल श्रीलंका फ्रिडम पार्टीको समर्थन पाएका राजपाक्षेले ५४ प्रतिशत भन्दा बढी मत पाएका छन् । निर्वाचनको नतिजा सार्वजनिक भएसंगै सजिसले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिएका छन् ।

गोताबाया पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षेका भाइ हुन् । राजापाक्षेको सरकारमा गोतबाया रक्षा सचिव थिए । सात महिनाअघि २सय ५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ। यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार गोतावायालाई चुनेका हुन् ।

गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए । उनले तमिल विद्रोही समूह लिट्टेलाई छिन्नभिन्न बनाएका थिए। गोताबायाले सोमबारसम्म सपथ लिने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);