श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

sri lanka president election

एजेन्सी, ३० कात्तिक । श्रीलंकामा राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । करिब १ करोड ६० लाख मतदाता रहेको श्रीलंकाका २२ जिल्लामा मतदान सुरु भएको हो । राष्ट्रपतिका लागि पूर्व राष्ट्रपति महिन्द्रा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र सत्तारुढ संयुक्त राष्ट्रिय पार्टीका उम्मेद्वार साजिस प्रेमदास चुनावी मैदानमा उत्रिएका छन् ।

निवर्तमान राष्ट्रपति मैथीपाल सिरिसेनाको दल श्रीलंका फ्रिडम पार्टीले राजपाक्षेलाई समर्थन गरेको छ भने प्रधानमन्त्री रालि विक्रमा सिंघेले आफ्नै दलका उम्मेद्वार प्रेमदासलाई समर्थन गरेको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

श्रीलंकामा जारी धार्मिक तनाव न्यूनिकरण र मन्दी रहेको अर्थतन्त्र सुधारका लागि यो निर्वाचन महत्वपूर्ण हुने अनुमान गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);