अफगानिस्तानमा राष्ट्रपति चयनका लागि कडा सुरक्षाबीच मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

अफगानिस्तानमा राष्ट्रपति चयनका लागि कडा सुरक्षाबीच मतदान

afghanistan election

एजेन्सी, ११ असोज । अफगानिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आजदेखि मतदान सुरु भएको छ । मतदान गर्ने क्रम देशै भरी सुरु भएको छ र मतदान केन्द्रहरूमा सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको छ ।

राष्ट्रपति पदका लागि निवर्तमान राष्ट्रपति असरफ गनी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह, पूर्व विद्रोही कमान्डर देखि पूर्व गुप्तचरहरु रहेका छन् । महिलाहरू भने राष्ट्रपति पदका लागि चुनावी दौडमा सामेल छैनन्। तीन करोड ७० लाख जनसंख्या रहेको अफगानिस्तानमा एक करोड भन्दा कम मतदान गर्ने योग्य छन् । त्यसमा पनि मत खसाल्न सबै आउने अवस्था नरहेको जनाइएको छ ।

मतदान केन्द्रलाई लक्षित गरी आक्रमण गर्ने तालिबान विद्रोहीहरूले धम्की दिएका कारण हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ । दुई पटक सारिएको उक्त निर्वाचन अमेरिका र तालिबान विद्रोही समूहबीच केही समय देखि हुँदै आएको शान्तिवार्ता भंग भएपछि आयोजना गरिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);