इन्डोनेसियामा भुकम्पका कारण मृत्यु हुनेको संख्या २० पुग्यो, ४ लाख जना प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इन्डोनेसियामा भुकम्पका कारण मृत्यु हुनेको संख्या २० पुग्यो, ४ लाख जना प्रभावित

Indonesia Bhukampa

एजेन्सी, १० असोज । इन्डोनेसियामा बिहीबार आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । इन्डोनेसियाकोे दुर्गम क्षेत्रमा पर्ने मालुकु टापुमा ६ दशमलव ५ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको संख्या २० पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि आएको पहिरोले पनि क्षति पु¥याएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् । भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् भने सयौँ विस्थापित भएका छन् । इन्डोनेशीयाको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अगुस विबोवोले झण्डै चार लाख जना प्रभावित सो भूकम्पबाट एक सय जना घाइते भएका र दुई हजार भन्दा बढी घरबारविहीन भएको जानकारी दिएका छन् ।

अमेरिकी भूगर्भ विभागकाअनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको छ । मुख्य भूकम्पपछि अरु एक दर्जन परकम्प गएको र एउटा परकम्प ५.६ म्याग्नीच्यूडको पनि गएको इन्डोनेसियाली भूगर्भ विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);