इन्डाेनेसियामा मृत्यु हुनेको संख्या १ हजार ५ सय ७१ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इन्डाेनेसियामा मृत्यु हुनेको संख्या १ हजार ५ सय ७१ पुग्यो

एजेन्सी, २० असोज । इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको संख्या १ हजार ५ सय ७१ पुगेको छ ।

इन्डोनेसियाको सुलावेसी द्वीपको पालु सहरका एक हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिएका छन ।

भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हुँदै गएको मानवीय सहायतामा जुटेको संयुक्त राष्ट्रसंघको भनाइ छ । इन्डोनेसियाको तटीय सहर पालुमा गत शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पलगत्तै आएको सुनामीमा परी ज्यान गुमाउनेको संख्या एक हजार ५ सय ७१ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले शनिबार बताएका छन् ।

भूकम्पबाट तटीय सहर पालु सबैभन्दा बढी प्रभावित भएको छ । यस भूकम्पका कारण करिब दुई लाख व्यक्तिलाई मानवीय सहयोग आवश्यक परेको र त्यसमा हजारौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसै वर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्निच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);