इन्डोनेसियामा भूकम्प र सुनामीका कारण ४ सय भन्दा बढिको मुत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इन्डोनेसियामा भूकम्प र सुनामीका कारण ४ सय भन्दा बढिको मुत्यु

एजेन्सी, १३ असोज । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परेर चारसय भन्दा वढिको मृत्यु भएको छ । तटीय क्षेत्रमा ७ दशमलब ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामी आएको थियो । जसले ठुलो मानविय क्षति भएको छ ।

सामान्यतया सामुन्द्रीक तटिय क्षेत्रमा भुकम्प पछि सुनामी आउने गर्छ । इन्डोनेशियामा शुक्रबार ७ दशमलब ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भुकम्प लगत्तै सुनामी आउन सक्ने भन्दै त्यहाँको सरकारले छटिय क्षेत्रमा रहेका मानिसलाई सचेत रहन आग्रह गरेको थियो ।

इन्डोनेसीयन सरकारले सुनामीको खतराको संकेत गरेको केही समयमा सुलावेसी टापुमा ६ मिटर अग्लो सामुन्द्रिक छालसहितको सुनामी आएको थियो । सुनामीका कारण तटीय क्षेत्रका अधिकांश संरचनाहरु भत्किएका छन् ।

पालु शहरमा रहेका झण्डै ३ लाख मानिस सुनामीबाट प्रत्यक्ष प्रभावित बनेका छन् । इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागले सुनामी केही मत्थर भएको बताएको छ । इन्डोनेशियामा गत महिना मात्रै लोमबोक टापुमा आएको भूकम्पका कारण सयौंको मृत्यु भएको थियो ।

यसअघि सन् २००४ मा भूकम्पका कारण सुमात्रा टापुमा आएको सुनामीका कारण मात्रै हिन्द महासागर क्षेत्रका करिब २२ लाख ६० हजार जनाले ज्यान गुमाएका थिए । जसमध्ये १२ लाख इन्डोनेसियन रहेका थिए ।

तुलनात्मक रुपमा इन्डोनेसिया बारम्बार भूकम्प जाने देशको सूचीमा पर्दछ । सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);