नेतान्याहुलाई नयाँ सरकार गठनको पहल गर्न ईजरायलका राष्ट्रपतिको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेतान्याहुलाई नयाँ सरकार गठनको पहल गर्न ईजरायलका राष्ट्रपतिको आग्रह

एजेन्सी, ९ असोज । इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनले अन्तरिम प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ सरकार गठन गर्न आव्हान गर्नुभएको छ ।

यही सेप्टेम्बर १७ तारिखमा भएको आम निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएपछि राष्ट्रपति रिभ्लीनले अन्तरिम प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ सकार गठन गर्न आव्हान गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसअघि राष्ट्रपति रिभ्लीनल धेरै मत ल्याउने ब्लू एण्ड व्हाइट पार्टीका नेता बेन्नी गान्ज र लिक्युड पार्टीका नेता नेतान्याहुसंग भेटेर एकताको सरकार गठन गर्न आव्हान गरेका थिए ।

तर दुवै नेताले आफ्नो नेतृत्वमा सरकार गठन हुनु पर्ने अडान राखेपछि एकताको सकार गठन प्रयासहरु विफल भएका थिए । यस्तो अबस्थामा राष्ट्रपति रिभ्लीनले अन्तरिम प्रधानमन्त्री नेतान्याहुलाई नयाँ सकार गठन गर्न आव्हान गरेका हुन् ।

राष्ट्रपतिको नयाँ आव्हानपछि पनि नेतान्याहुले ठुलै चुनौतीको सामना गर्नु पर्ने इजरायली विश्लेषकहरुको विश्लेषण छ । इजरायलमा ५ महिनामा भएको दोस्रो संसदीय निर्वाचनमा १ सय २० मध्ये ब्लू एण्ड व्हाइट पार्टीे ३३ र लिक्युड पार्टीले ३२ स्थान जितेका छन् ।

बाँकी सिटमा भने साना दल आएका छन् । नेतान्याहु र गान्जलाई समर्थन गर्ने साना पार्टीको सिट संख्या जोड्दा पनि ती दुवैको नेतृत्वमा सरकार बन्ने अवस्था छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);