नयाँ सरकार गठन गर्न नसक्ने इजरायलका प्रधानमन्त्री नेतन्याहूद्वारा स्विकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नयाँ सरकार गठन गर्न नसक्ने इजरायलका प्रधानमन्त्री नेतन्याहूद्वारा स्विकार

israel benjamin

एजेन्सी, ५ कात्तिक । इजरायलका प्रधानमन्त्री बेंजामिन नेतन्याहूले सरकार गठन गर्न नसकेको बताउँदै उक्त मौका आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई दिएका छन् । निर्वाचनमा कुनै पनि पार्टीले स्पष्ट बहुमत नल्याएको कारण एकताको सरकार गठन गर्न १ महिनादेखिको प्रयास सफल नभएपछि प्रधानमन्त्री नेतान्याहुले नयाँ सरकार गठन गर्न नसक्ने बताएका हुन् ।

इजरायलमा गएको सेप्टेम्बरमा भएको आम निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएको कारण एकताको सरकार गठन गर्ने जिम्मा अब विपक्षी दल ब्लु एण्ड ह्वाइटका नेता बेन्नी ग्यान्ट्सले पाउने छन् ।

इजरायलका राष्ट्रपति रुबिन रिभलिनले अब सरकार गठन गर्ने त्यस्तै प्रयासका लागि ग्यान्ट्सलाई २८ दिनको समय दिनेछन् । एकताको सरकार गठन गर्ने प्रयासमा प्रधानमन्त्री नेतान्याहुले ग्यान्ट्सलाइ एकताको सरकारमा सहभागि हुन आग्रह गरेका थिए । तर ग्यान्ट्सले आफुले नेतृत्व गर्नपाए एकताको सरकारमा सहभागि हुने अडान राखेपछि कुरा नमिलेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इजरायलमा सेप्टेम्बर १६ तारिखमा भएको दोस्रो संसदीय निर्वाचनमा १ सय २० मध्ये गान्ज नेतृत्वको ब्लू एण्ड व्हाइट पार्टीले ३३ र प्रधानमन्त्री नेतान्याहुको लिक्युड पार्टीले ३२ स्थान जितेका छन् । र बाँकी सिटमा भने साना दल आएका छन । नेतान्याहु र गान्जलाई समर्थन गर्ने साना पार्टीको सिट संख्या जोड्दा पनि ती दुवैको नेतृत्वमा सरकार बन्ने अवस्था छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);