इजरायलको संसदीय निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

इजरायलको संसदीय निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने संकेत

एजेन्सी, ३ असोज । इजरायलमा सम्पन्न आम निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने देखिएपछि एकिकृत सरकार गठन गर्ने पहल सुरु भएको छ ।

इजरायलमा हालै सम्पन्न आम निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने देखिएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआउने देखिएपछि राष्ट्रपति रेउभेन रिभ्लीनले धेरैमत ल्याउने प्रधानमन्त्री बेन्जामिन नेता न्याहुको पार्टी र बेन्नी गान्जको बिपक्षी दल दुवैलाई स्थिर र एकिकृत सरकार गठन गर्न आव्हान गरेका छन् ।

प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको ब्लु एन्ड ह्वाइट पार्टि मिलेर सरकार गठन गर्नुको विकल्प नरहेको अवस्थामा राष्ट्रपति रिभ्लीनले दुवै नेतालाई स्थिर र एकिकृत सरकार गठन गर्न आव्हान गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

एकिकृत सरकार गठन गर्ने प्रधानमन्त्री नेतान्याहुको प्रस्ताव बिपक्षी नेता बेन्नीले अस्विकार गर्दै आफ्नो नेतृत्वमा एकिकृत सरकार गठन हुनु पर्ने अडान राखेका छन् । ९७ प्रतिशत मत गणना हुँदा इजरायली संसदको १ सय २० सिटमध्ये ब्लु एन्ड ह्वाइट पार्टिले ३३ र लिकुड पार्टिले ३१ स्थान जितेका छन् ।

यद्यपि अन्तिम मत परिणाम भने सार्वजनिक भएको छैन । इजरायली संसदमा स्पष्ट बहुमतका लागि ६१ स्थान आवश्यक हुन्छ । नेतान्याहु समर्थक र बेन्नी समर्थित साना दलहरुको मत परिणाम जोड्दा समेत दुबैको नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);