इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनैपनि पार्टीले बहुमत ल्याउन सकेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनैपनि पार्टीले बहुमत ल्याउन सकेनन्

एजेन्सी, २२ फागुन । इजरायलमा एक वर्षमा भएको तेश्रो आमनिर्वाचनमा कुनै पनि दलले सरकार बनाउन आवश्यक बहुमत ल्याउन नसकेपछि त्यहाँ राजनीतिक अन्यौल अझै कायमै रहेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टीले ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बनेको छ । तर स्पष्ट बहुमत जुटाउन नसक्दा इजरायलले राजनीतिक निकास पाउन अझै प्रतिक्षा गर्नु पर्ने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

१ सय २० सदस्यीय इजरायली संसदमा बहुमतको सरकार गठन गर्न ६१ स्थान आवश्यक पर्दछ । नेतान्याहूको लिकुड पार्टी र उसको गठबन्धनले ५८ सिट जितेका छन् ।

जुन सरकार गठनका लागि आवश्यक सिट संख्याभन्दा ३ सिटले कम हो । बहुमतका लागि तीन स्थान नपुगेकोले लिकुड पार्टीले अरु दलसँग आबद्ध सांसदहरुको समर्थनका लागि प्रयास गरिरहेको छ ।

तर यसको सम्भावना पनि अझैसम्म देखिएको छैन । ३३ स्थान जितेको विपक्षी नेता बेन्नी गान्जको ब्लु एण्ड व्हाइटले पनि राष्ट्रिय एकताको सरकार निर्माणका लागि प्रयास गरिरहेको संचार माध्यमहरुले जनाएका छन् ।

हालकै अवस्थामा सरकार गठनका लागि नेतान्याहु र गान्जको पार्टीबीच शक्ति बाँडफाडमा सहमति भए सरकार गठन हुनसक्छ । त्यो बाहेकको अवस्थामा इजरायलमा एकबर्ष भित्र चौथो आम निर्वाचन हुने संभावना बढी भएको विश्लेषकहरुको विश्लेषण छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);