इजरायलमा दुई वर्षमा चौथो पटक निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इजरायलमा दुई वर्षमा चौथो पटक निर्वाचन हुँदै

एजेन्सी, ८ पुष । इजरायलमा दुई वर्षमा चौथो पटक आम निर्वाचन हुने भएको छ । संयुक्त सरकारमा रहेका दुई दलले सरकारको समयमै वार्षिक बेजट ल्याउन नसकेपछि पुनः आम निर्वाचन गर्ने निर्णय गरिएको हो ।

मध्यरातमा सरकार विघटन हुनुअघि भएका प्रयासहरु असफल भएसँगै नयाँ निर्वाचनको प्रक्रिया सुरु भएको बताइएको छ । प्रधानमन्त्री नेतान्याहुको दल लिकुड र उहाँका प्रतिद्वन्द्वी सेन्टरिस्ट ब्लू रह्वाइटका बेन्नीगान्टेजले सरकार विघटन हुनुमा एक अर्कालाई दोष दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आफूले पटक पटक निर्वाचन नचाहेपनि अन्य दलका गतिविधिले समस्या समाधान हुन नसकेको प्रधानमन्त्री नेतान्याहूको भनाइ छ । आगामी मार्च २३ मा अर्को चरणको निर्वाचनको मिति तय गरिएको छ ।

यसअघिका दुई वटा निर्वाचनका परिणाम समावेशी नभएपछि राष्ट्रिय एकताको सरकार गठन हुन नसकेको इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोपमा मुद्धा चलेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);