इजराइलका विपक्षी ८ दलहरुबीच मिलिजुली सरकार बनाउने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इजराइलका विपक्षी ८ दलहरुबीच मिलिजुली सरकार बनाउने सहमति

एजेन्सी । इजराइलका विपक्षी दलहरु मिलिजुली सरकार बनाउन सहमत भएका छन् ।

मध्यपन्थी यश अतिद पार्टीका नेता यायर लेपिडले नयाँ सरकार गठनको लागि विभिन्न ८ दलहरुबिच गठबन्धन बनाउने सहमति जुटेको हो । विपक्षी दलहरुबीच यसरी सहमति भएसँगै प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुको १२ वर्षे शाशन तत्कालका लागि अन्त्य हुने देखिएको छ ।

निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि र गठबन्धन सरकार बनाउन पनि नसकेपछि इजराईलमा पछिल्लो दुई वर्षमा चार पटक आम निर्वाचन भएको थियो । अहिले भने विपक्षी घटकहरुविच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

जस अनुसार दक्षिणपन्थी यामिना पार्टीको नेता नफ्तालि बेनेट अब प्रधानमन्त्री बन्नेछन् । नयाँ सहमतिबारे विपक्षी गठबन्धनले राष्ट्रपति रुभेन रिब्लीनलाई जानकारी गराएका छन् । अब संसदबाट विश्वाशको मत प्राप्त गरेपछि बेनेटले प्रधानमन्त्री नेतेन्याहुलाई विस्थापन गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);