कांग्रेसले विपक्षी दलको बैठक डाकेपछि ओली झस्किए | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

कांग्रेसले विपक्षी दलको बैठक डाकेपछि ओली झस्किए

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् । राष्ट्रपतिको निर्वाचन र गृहमन्त्रालयका कारण सरकारमा गडबडी भइरहेका बेला कांग्रेसले विपक्षी दलको बैठक डाक्नुले ओली सशंकीत भएका हुन् ।

कांग्रेसले शनिबार बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको हो । बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपति निर्वाचको विषयमा छलफल हुने बताईएको छ । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पद र राष्ट्रपति निर्वाचनका लागि प्रतिपक्षी दलहरू कसरी अघि बढ्ने भनेर कांग्रेसले तयारी गर्न बैठक बोलाएको हो । नेपाली कांग्रेससहितको तत्कालिन गठबन्ध टुटेपछि कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दल विपक्षमा छन् । तर, पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीति तरंगित भएको छ ।

त्यसपछि सभामुख, उपसभामुखमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएपछि नयाँ गठबन्धन बन्ने आशंका झन गहिरिदै गएको छ । विपक्षमा रहेका दलहरूले फरक ढंगबाट गठबन्धन बनाउने प्रयास गरे पनि सफल हुन नसकेपछि राष्ट्रपति निर्वाचन गठबन्धन टुटाउने प्रयास भइरहेको कांग्रेले नै भनिसकेको छ । कांग्रेसले वर्तमान गठबन्धन भत्काएर गोप्य मतदानको फाइदा उठाउँदै राष्ट्रपति निर्वाचनमा सफल हुने रणनीति लिएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान लिएपछि कांग्रेस अझै आशावादी छ ।

यद्यपी सक्तासाझेदार दलहरुविच यसअघि नै राष्ट्रपति नेकपा एमालेलाई दिने सहमति भएको छ । एमालेले आफ्नो पार्टीले उठाउने उम्मेदवारबाट नै राष्ट्रिय सहमति खोज्नुपर्ने भन्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);