नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

संसद भवन ल्होत्से हल बानेश्वरमा आज दिउँसो साढे २ बजे बस्ने गरी कांग्रेसले बैठक बोलाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएको र अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने चर्चा भइरहेका बेला यसबारे आवश्यक छलफल गरी रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);